सिके राउतलाई हिरो नबनाउ
चैत्र । सिके राउतलाई कि कानुनी दायरामा ल्याऊ, कि त पक्राउ गर्दै जिस्काएर हिरो नबनाउ भन्दै पत्रकार इश्वरी काफ्लेले फेसबुकमा आफ्नो विचार पोखे । उनको स्टाटसको पक्ष र विपक्ष दुवैथरी कमेन्ट बर्सिए ।
मधेसलाई अलग गरेर स्वतन्त्र राज्य बनाउनुपर्छ भन्ने अभिव्यक्तिका कारण सिके राउत पक्राउ मात्रै परेनन् अदालतसम्म पुग्नुपर्यो । अदालतमा उनले मधेसलाई अलग बनाउनुपर्छ नभनेको तर संघीय राज्यको पक्षमा रहेको लगायत तर्क गरेपछि उनी छुटेका थिए ।
तर, उनी पछिल्लो पटक पक्राउ पर्ने र छुट्ने क्रम पानी पँधेरो जस्तै बन्दै गएको छ । शनिबार पनि राउत झापामा गिरफ्तार भएको बताइएको छ । स्वतन्त्र मधेस गठबन्धका उप संयोजक भनिने कैलाश महतोले राउत गिरफ्तार भएको जनाएका छन् ।
उनलाई पक्राउ गर्ने र छाड्ने प्रशासनको कामकाजप्रति पत्रकार काफ्ले जस्तै नजिस्काउ भन्नेको संख्या भने ठूलै छ । कतिपयले उनलाई पक्राउ गर्दै छाड्ने गर्नु उनलाई नै हिरो बनाउने काम भएको भन्दै कि त कानुनी दायरामा ल्याउन वा चलाउन नै छाडिदिन समेत भनेका छन् ।
प्रकाशित मिति:
April 05, 2015