रोगको महामारी फैलने सम्भावना उच्च, सतर्कता अपनाउन आग्रह
वैशाख १५ । विनाशकारी महाभूकम्पपछि राजधानीमा रोगको महामारी फैलने सम्भावना बढेको छ । फोहोर खानपिन, दूषित खानेपानी, खुल्ला ठाउँमा दिशा पिसाब, दुर्गन्ध तथा अस्तव्यस्त बसाईका कारण रोगको महामारी फैलने सम्भावना बढेर गएको हो ।
स्वास्थ्य मन्त्रालयले खानाबाट र पानीबाट रोगको महामारी फैलन सक्ने भन्दै सचेत हुन सबैलाई अनुरोध समेत गरेको छ । मन्त्रालयका प्रवक्ता पदम बहादुर चन्दले धेरै जसो मानिसहरु अस्थायी शिविरमा बसेकोले खुल्ला ठाउँमा नै दिशा पिसाब गरेको, हात नधुई खानपिन गर्ने गरेको र दूषित तथा नउमाली पानी पिउने गरेकाले रोग फैलन सक्ने बताए । महामारी नफैलियोस् भनेर हामीले जिल्ला जनस्वास्थ्य प्रमुखको नेतृत्वमा नै अनुगमन थालेका छौं प्रवक्ता चन्दले भने, सबै प्रभावित क्षेत्रमा पनि रोग नफैलियोस् भनेर विशेष सतर्कता अपनाउन लगाएको छौं । उनले सबैलाई खाना खान अगाडी साबुन पानीले हात धुन र शौचालयमा दिशा पिसाब गर्न अनुरोध समेत गरेका छन् ।
मन्त्रालयले खाना खान अगाडी हात धुन र शौचालयमा दिशा पिसाब गर्न आग्रह गरे पनि घर बाहिर बसेका धेरै मानिसहरुले भने पिउने पानी समेत पाउन सकेका छैनन् । सैनिक मञ्चमा हजारौं मानिस त्रिपाल टाँगेर बसेका छन् । उनीहरुले खानेपानीको समस्या भएको बताएका छन् । खुल्ला ठाउँमा त्रिपालमा परिवारका साथ बसीरहेकी तारादेवी खड्काले पिउने पानीको समस्या रहेको सुनाइन् । 'खाना खान अगाडी हात धुन त पिउने पानी समेत पाउन मुस्किल छ' उनले भनिन् ।
सैनिकमञ्च लगायत खुल्ला ठाउँहरुमा बसेका हजारौंले फ्यालेको फोहोरले समेत दुर्गन्ध फैलन थालेको छ । उनीहरुले शौचालय अभावमा खुल्ला ठाउँमा नै दिशा पिसाब गर्ने गरेका छन् । यसले पनि रोगको महामारीको सम्भावना बढाईदिएको छ ।
यस्तै, महाभूकम्पमा परी मरेका पशुपक्षीको दुर्गन्धले पनि रोग फैलने सम्भावना बढेर गएको छ । भूकम्पले क्षतविच्छेद रहेको धरहरा वरपर ठाउँ ठाउँमा झिँगा भन्किएको त्यहाँ पुगेर फर्किएकाहरुले बताएका छन् ।
घरबाट विस्थापित भएकाहरु सामूहिक रुपमा बस्नुपर्ने बाध्यताका कारण झाडापखनाल, रुघाखोकी, ज्वरोजस्ता सरुवा रोगको उच्च जोखिम हुने गर्दछ । यसअघिका दैविक प्रकोपमा पनि प्रकोपबाट भन्दा पनि त्यसपछि उत्पन्न रोगको महामारीबाट मर्नेको संख्या बढी रहेको पाइएको छ ।
इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पानी सफा र उमालेर मात्र पिउने वा पानी पीयुश वा झोल चक्की हालेर मात्र प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै बासी खाना नखाना, खाना खान अगाडी साबुन पानीले हात घुन, बसेको शिविर वा खाली स्थान वरपर सफा राख्न र जथाभावी फोहोर नफल्न आग्रह गरेको छ । रोगको महाममारीबाट बच्न जथाभावी दिशा पिसाब नगर्न पनि महाशाखाले आग्रह गरेको छ ।
महाभूकम्पका कारण ललितपुरको खोकना लगायत विभिन्न ठाउँमा पनि पिउने पानीको समस्या उत्पन्न भएको छ । शुद्ध पानीको अभावले खोकनामा झाडा वान्ताका बिरामी बढेका छन् । विभिन्न देशका स्वास्थ्यकर्मीले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भएपनि खुल्ला दिशापिसाब तथा शुद्ध पिउने पानीको अभाव बढी देखिएको छ ।
सरकारले १५ वैशाखसम्म ५ हजार ३ सय बढीले स्वास्थ्योपचार पाईसकेको जनाएको छ । हाल देशका विभिन्न अस्पतालमा ८ सय ५२ जना घाइते उपचारत रहेको जनाएको छ, यस्तै अस्पतालमा रहेका शवहरुको सख्ंया २ सय २७ रहेको छ ।
विभिन्न देशका मेडिकल टोली विभिन्न ठाउँमा
भूकम्प प्रभावित विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग पनि सञ्चालन भईरहेका छन् । लगनखेलको राजदल गणमा भारतको मेडिकल टिम (सैन्य) का ८८ जनाले सेवा दिईरहेका छन् । पाकिस्तानको ४८ जनाको मेडिकल टिमले सल्लाघारी भक्तपुरमा सेवा दिईरहेको छ । श्रीलंकाको मेडिकल टिमले दोलालघाट, मलेसियाको मेडिकल टिमले हनुमानढोका, बंगलादेशको मेडिकल टिमले खोकना ललितपुर, चीनको मेडिकल टिमका ६० जनाले धुलिखेल र १२ जनाको टोलीले नेपाली सेनाको उपत्यका पृतनामा, यस्तै भारतकै मेडिकल टिमले स्वास्थ्य मन्त्रालय अन्तर्गत ३० जना, सिनामंगलमा १ सय १६ जनाले स्वास्थ्य सेवा दिईरहेको छन् ।

प्रकाशित मिति:
April 28, 2015