चिनियाँबाट भूकम्पपीडितलाई छाना बनाइदिने प्रस्ताव
दोलखा, जेठ । दोलखाका भूकम्पपीडितलाई चीनका दुईवटा राज्य सरकारले जस्तापाताको व्यवस्था गर्ने चाहना व्यक्त गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतका थिङग्री र नायालामले दोलाखाका भूकम्पपीडितलाई छानाका निम्ति आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने प्रस्ताव गरेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिएको खबर सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ ।
गृह मन्त्रालयले चिनियाँ सहायता स्वीकार गर्न स्थानीय प्रशासनलाई अनुमति दिएको समेत दिएको पनि उनले बताएका छन् ।
प्रकाशित मिति:
May 26, 2015