मृगौला पीडितलाई दलित एकता संजालको सहयोग
काठमाडौं । दलित एकता संजालले मृगौला पीडित बाग्लुङकी १७ वर्षिया देवी विकलाई १ लाख १ हजार १ सय ५२ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग बुृधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर हस्तन्तरण गरीएको हो ।
बिगत ६ महिना देखि दुबै मृगौला फेल भएर डाइलासिस गरिरहेकी बिक आर्थिक अभावका कारण मृगौला प्रत्यारोपणंं गर्न नसकेको उनकी आमा रुपा सुनारले बताइन । निकै नै भाबुक मुद्रामा प्रस्तुत भएकी सुंंनारले आफ्नी छोरी आर्थिक अभवका कारण जीवन र मरणको दोसाधमा भएकोले सवै सँग सहयोगका लागि याचना पनि गरेकी थिइन् । आमा सुनारको भावनाबाट अभिप्रेरित भएर कर्यक्रममा सहभागिहरुले थप ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
सञ्जालका संयोजक विष्णु सागर धमला बिकले चेक हस्तान्तरण गर्दै भने “हाम्रो सहयोगले विरामीको पुरै उपचार सम्भव नभए पनि सरकार र आम समुदायलाई प्रेरित गर्न पत्रकार सम्मेलन गर्नु परेको हो ।” त्यसै गरी उक्त सञ्जालकी महिला सदस्य सक्तिकरण अभियान कि संयोजक सरु सुनारले दलित समुदायलाई सबै तिरबाट उपेक्षित बनाएकोले स्वंयम दलित समुदाय नै एक भएर आफूलाई अगाडी बढाउनुृ पर्ने धारणा राखिन । त्यसैगरी सञ्जालका अभियान्ता तिलक बिकले देबी बिकको उपचारका लागि सरकार, दलित समुदाय र आम समुदायसँग सहयोगको निम्ति अनुरोध समेत गरेका छन ।
प्रकाशित मिति:
May 27, 2015