सात लाखको शौचालयमा माटोको गारो
डोटी, असार । आर्थिक वर्ष सकिनै लाग्दा यतिबेला उपभोक्तलाई योजना सम्पन्न गर्ने चटारो परिरहेको छ ।
जिल्ला विकास समितिको आयोजनामा शनिबार पूर्वी चौकीका सानागाउँ, गाजरी, पोखरी, काडामाडौं गाविसमा सञ्चालित आयोजनाको अनुगमन गरिएको छ । उक्त गाविसको चौखुट्टे बजारमा ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाको रु सात लाखको लागतमा सिमेन्टको सट्टा माटाको गारो प्रयोग गरी निर्माण कार्य भइरहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर बोगटीले सम्झौतामा सरिया र सिमेन्ट प्रयोग गर्ने भन्ने नभएकाले माटोको गारो प्रयोग गरेको बताए । यो विषयप्रति अनुगमनमा गएका राजनीतिक दललेसमेत असन्तुष्टि जनाएका छन् । कुनै पनि योजनाको जति निर्माण कार्यमा लागत लागेकोे छ त्यही आधारले मात्र उपभोक्ता समितिलाई बजेट निकासा गर्ने अन्यथा बजेटको दुरुपयोग हुन नदिने अनुगमनका क्रममा स्थानीय विकास अधिकारी ध्यानकुमार थापाले बताए ।
असार मसान्तमा आएर विकास निर्माणका योजाना टालटुल पारी बजेटको दुरुपयोग गर्ने काम भइरहेको छ । यस्ता गतिविधि जिल्लाका अन्य ठाउँमा पनि भइरहेको छ ।

प्रकाशित मिति:
July 05, 2015