• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Serofero » भारतीय नाकाबन्दीविरुद्ध इटहरीमा बृहत र्याली
भारतीय नाकाबन्दीविरुद्ध इटहरीमा बृहत र्याली

इटहरी, ९ मङ्सिर । इटहरी शैक्षिक समाजले भारतले सीमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल नाकाबन्दी फिर्ता गर्न दबाब दिने उद्देश्यले बुधबार इटहरीमा बृहत शैक्षिक र्याली निकालेको छ । 

इटहरी उपमहानगरपालिका क्षेत्रका ५२ भन्दा बढी निजी तथा सरकारी विद्यालय, उच्च मावि र कलेजले संयुक्त रुपमा निकालेको ¥यालीमा सहभागी विद्यार्थीले भारतले नेपालमा जारी संविधानलाई विषयवस्तु बनाएर गरेको अघोषित नाकाबन्दी असल छिमेकीको व्यवहार नभएको प्रष्ट पारे । 

उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट निक्लिएको विरोध जुलुसले शहरको मुख्यमुख्य स्थानको परिक्रमा गरेको थियो । नाकाबन्दीले पारेको असर तथा नेपाली जनताले भोग्नुपरेका कष्टपूर्ण अवस्थालाई जुलुसका क्रममा चित्रण गरिएको थियो । 

नेपालीले भोग्नु परेका समस्याका विषयमा छिमेकी मुलुक भारतले टुलुटुलु हेरेर मजा लिइरहेको र अझै संविधान पुनर्लेखन पछिमात्र नाकामा भएको अवरोध खुल्ने भनी नेपालका लागि भारतीय राजदूतले दिएको अभिव्यक्तिको पनि विद्यार्थीले चर्को विरोध जनाएका छन् । 

इटहरी शहरको परिक्रमापछि चोकमा आयोजित विरोधसभामा जनता बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका प्रतिनिधि केवल फुयाँल, सुनसरी हिसान अध्यक्ष मुकुन्द घिमिरे, सामुदायिक विद्यालय शैक्षिक केन्द्रका कमल तिम्सिना र प्राध्यापक टङ्क खुलाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: November 26, 2015

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |