एसपीले राती फोनमा महिला सांसदलाई एक्लै चिसोमा गाह्रो होला हई भनेपछि...!
काठमाडौं ११ माघ
नेपाली कांग्रेस निकट एक महिला सांसदलाई नेपाल प्रहरीका एक जना एसपीले राती फोन गरेर जिस्काएपछि खैलाबैला मच्चिएको छ ।
महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले महिला सांसदलाई राती फोन गरेर चिसोमा सुत्न एक्लै गाह्रो होला हई भनेपछि उनी कारबाहीमा समेत परेका छन् । उनी कारबाही स्वरुप प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
उपाध्यायको व्यवहारबारे ती महिला सांसद्ले गृहमन्त्री विमलेन्द्र निधिलाई जानकारी गराएकी थिइन् । निधिले घटनाबारे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराएपछि प्रधान कार्यालयले कार्वाहीका लागि उनलाई सोमबार हेडक्वाटर बोलाएको हो ।
प्रकाशित मिति:
January 24, 2017