लक्ष्य अनुसार काम पूरा गर्न शहरी विकास मन्त्री शाहको निर्देशन
काठमाडौं ९ असार
शहरी विकास मन्त्री प्रभु साहले लक्ष्य अनुसार काम पूरा गर्न निर्देशन दिएका छन् । उनले लक्ष्य हांसिल गनुपर्ने आवश्यकता औल्याउदै सुस्त गतिमा नभएर तिब्र गतीमा अघि बढेर प्रतिफल देखाउन समेत निर्देशन दिए ।
बजेट बिनियोजन गर्दा कम भयो भन्ने तर बिनियोजित बजेट नै खर्च नभएको भन्दै उनर्ले दृढतापुर्वक अघि बढेर हल गर्न समेत निर्देशन दिए ।
अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिको कार्यालय गुह्येश्वरीमा आयोजित कार्यक्रममा मन्त्री शाहले २०६६ को टेण्डरको काम अहिले सम्म ९० प्रतिशत या त्यस्तै भनेर रनिङमा छ भन्ने प्रस्तुतीहरु आउने गरेको भन्दै पुराना काम सम्पन्न नहुने कारणबारे समेत प्रश्न उठाएका छन् । ‘के कारणले यसरी पुराना काम सम्पन्न हुदैनन ? किन रनिङ मात्र भनिन्छ ? विश्वका दातृ निकायले नेपालको सरकारी निकायको खर्च गर्ने क्षमता कमजोर छ खर्च गर्न सक्दैन भनेर प्रश्नचिन्ह उठाउने गरेका छन । बजेट बिनियोजन गर्दा कम भयो भन्ने तर बिनियोजित बजेट खर्च हुदैन । यसलाई दृढतापुर्वक अघि बढेर हल गरौं ।’ उनले भने ।
मन्त्री शाहले हिजोको बागमती र आजको बागमती हेर्दा धेरै गौरब गर्ने ठाउँ भए पनि त्यो लक्ष्य अनुसार काम सम्पन्न नभएको समेत औल्याए ।
मन्त्री शाहले संयुक्त आबास गृहको संस्कार बढ्दै गएको र अर्कोतिर गाउँ घरमा अब्यबस्थित बसोबास बढीरहेको समेत औल्याए । ‘त्यस्तो अबस्थामा नयाँ चाप र आवश्यकता अनुसार आवासीय व्यवस्था गर्न जरुरी छ’ उनले भने ।
मन्त्री शाहले आवास कम्पनीको आबश्यकता नभएको भन्दै आवास कम्पनी जग्गा किन्ने र बेच्ने तथा प्लटिङ गर्नेजस्तो एउटा कम्पनी नभएको समेत बताए ।
मन्त्री शाहले सुकुम्बासी बस्ती राष्ट्रिय समस्या भएको भन्दै उक्त विषय हल गर्न आगामी दिनमा प्रयास गर्ने बताए
कार्यक्रममा युएन पार्कका कार्यकारी निर्देशक लक्ष्मी नारायण चौधरी, राष्ट्रिय आवास कम्पनीका कार्यकारी निर्देशक गोकर्ण सापकोटा, अन्तरराष्ट्रिय सम्मेलन विकास समितिका कार्यकारी निर्देक पूरषोत्तमक अमात्य लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
June 23, 2017