• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » यस्तो भयो पोल्याण्डमा अन्तर्राष्ट्रिय लोक महोत्सव
यस्तो भयो पोल्याण्डमा अन्तर्राष्ट्रिय लोक महोत्सव


आर.सि कोईराला - दौरा सुरुवाल, ढाका टोपी साथै गुन्यू चोलीमा सजिएर कलाकार टोली चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा बोकेर जब स्टेजमा उक्लन्छन्, तब दशौं हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउँछन्, तब नेपाली भएकोमा आफूहरुलाई गौरवान्वित ठान्दछन् । यो दृश्य हालै पोल्याण्डको Zakopane सहरमा आयोजना गरेको अन्तर्राष्ट्रिय लोक महोत्सव को हो ।

१५ राष्ट्रको सहभागीतामा मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रबन्ध निर्देशक श्री रामचन्द्र कोइराला ज्यूको नेतृत्वमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरी नेपाल फर्कियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका वरिष्ठ नृत्य निर्देशक अष्टमाया कोइराला (मिना) तथा नृत्य निर्देशक मनि धन राई ज्यूले नृत्य निर्देशन गर्नु भएको थियो । सो महोत्सवमा सतार, झ्याउरे, धिमाल, झीझिया, तामाङ, झोडा, झुम्रा,
यक यति, मारुनी साथै २० भन्दा बढी नृत्य प्रदर्शन गरिएको थियो ।



उक्त अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्ध निर्देशक श्री रामचन्द्र कोइराला ज्यूले आगन्तुक माहानुभाव तथा कार्यक्रम आयोजकहरुसँग भेटि नेपाली संस्कृतिका बारेमा चाखलाग्दा कुराहरु गरी नेपाललाई एक बहु सांस्कृतिक समूदायको राष्ट्र भनि चिनारी गराउनु भएको थियो र सोही अवसरमा प्रबन्ध निर्देशक कोइरालाले नेपालमा सांस्कृतिक पर्यटन प्रर्वद्धन गर्न सकिने र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने कुरा बताउनु भयो ।


साथै एभरेष्ट नेपाल कल्चरल ग्रुपले हालै कोरियामा सम्पन्न Cheonan World Dance festival मा पनि सहभागी भई आज नेपाल फर्केको छ । कोरियाम सम्पन्न मेलमा नेपाल सहित २७ राष्ट्रले भाग लिएका थिए ।

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |