• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » अरु आफन्त खोज्दै गाउँतिर, रेजिना भने ब्वाईफ्रेन्ड भन्दै लण्डनतिर
अरु आफन्त खोज्दै गाउँतिर, रेजिना भने ब्वाईफ्रेन्ड भन्दै लण्डनतिर

दशैंको मुखमा प्राय जसो मानिसहरु गाउँ घरतिर आफन्तकहाँ लागिरहेका बेला नायिका रेजिनामा उप्रेती भने लण्डन तिर ब्वाईफ्रेन्डकहाँ हुत्तिएकी छन् ।



रेजिनाले यो पटकको दशैं लण्डनमा रहेका उनका ब्वाइफ्रेन्ड सुरज पोखरेलसँग त्यही मनाउने विचार गरेर त्यसतर्फ लागेकी हुन् ।

शुक्रबार बिहान ९ बजे रेजिना लण्डनको फ्लाइटमा उडेकी हुन् । रेजिनाले दसैँलाई रङ्गीन बनाउँन यस पटक ब्वाइफ्रेन्डको साथ लिने भएकी हुन् । रेजिनाले लण्डन यात्राका क्रममा ब्वाइफ्रेन्डसँग रमाइलो गर्ने कुरा एउटा रमाइलो रहे पनि पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ आफ्ना फिल्मको समेत राम्रै बजार बनाउँने छन् ।

लण्डन बसाइका क्रममा रेजिनाद्वारा अभिनित फिल्म ‘वरदान’लाई दसैँको मौकामा प्रदर्शन गरेर लण्डनमा बसेका नेपाली दर्शकलाई दसैँकै मौकामा फिल्म हलसम्म पुर्याउँने योजना समेत बनाएकी छन् । धादिङमा जन्मिएका रेजिनाका ब्वाइफ्रेन्ड लण्डनमा ट्राभल एजेन्सीमा कार्यरत छन् ।

रेजिनाले केही समयअघि सुरज सँग लण्डनमा बिताइसकेपनि बडा दसैँको अवसरमा पुन सुरजसँगै रमाइलो गर्न लण्डन पुग्ने भएकी हुन् । रेजिनाले ब्वाइफ्रेन्डसँगको रोमान्स सँगै फिल्म बरदानको प्रशारप्रशार अन्य युरोपेली मुलुमा समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |