• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » राजबल्लभलाई फेसबुक स्टाटसले निम्त्याएको लफडा
राजबल्लभलाई फेसबुक स्टाटसले निम्त्याएको लफडा

फेसबुक आज भोलि नचलाउने त को पो होलान र ? जो कोहीले पनि चलाईरहेकै हुन्छन् । अनि त्यही फेसबुकमा आफूलाई लागेका कुरा सेयर भईरहेकै हुन्छन् । त्यो चाहे खुसी पोख्न होस या त दुःख बिसाउन नै ।

यस्तै नायक राजबल्लभ कोइरालाले पनि कसैमाथि रिस उठेर न होला शब्दको तिर आफ्नो स्टाटसका रुपमा अपलोड गरेपछि उनी भने विवादमा मुछिएका छन् ।

उनको स्टाटसमा कुकुरलाई पराल, गाईलाई मासु भनि उल्लेख गरिएको छ । हुन त उनले कसैसँग चित्त दुखेर लेखेका होलान वा त कोही कतैबाट सुनेर पनि । तर, उनको यो स्टाटसकै बारेमा नेपालको कानुनले समेत आमा बराबरको दर्जा दिएको राष्ट्रिय जनावर गाईको विषयमा अपहेलना गरेको भन्दै अनलाइनहरुमा समाचार प्रकाशित भएपछि भने यो विषय थप उचाईमा पुगेको हो ।

विवाद निक्कै बढ्दै गएपछि भने उनी आफैले पछि आफ्नो स्टाटसमा यस्तो लेखेका छन् जस्ताको तस्तै :
"उज्ज्यलो एफ. एम. को कया करण सुनेर लेखेको थिए यो स्टाटस 'कुकुरलाई पराल गाईलाई मासु'..एसैलाई फोकट को न्युज बनएछ ।। हद हुन्छ यार ।। मान्छे को मानशिक्ता देखेर उधेक लाग्छ ।। मैले पनि समाचार सुन्ने क्रम मा पहिलो पटक सुनेको।। मिडिया ले नै भनेको हो ।। नेपालको हरेक कुरामा मेरो असिम् आदर र माया छ , सदभाब छ तर कुरै नबुझी तेसै आरोप लगाउने , अर्थ को अनर्थ लगाउने बानीले सबै लाई मानशिक पिडा दिन्छ ।। धार्मिक आस्थामा आँच आउने के काम गरे मैले ।। मान्छे को दिमाग घुमाइदिने ।। गलत न्युज सम्प्रेशन गरेर , गलत तरिकाले ..
मलाई लेख्न सकिन्थ्यो "किन लेखियो यो भनेर" भनेर सोध्न सकिन्थ्यो ।। आँफै त्यो अर्थ देख्ने अनी मलाई दोश लगाउने ।। कद्दै अैजेरु
।। कुरा नखोतली/ नबुझी अध्ययन नगरि कोइ कोइ ले तेसै न्युज बनाउछन, आँफै दङ पर्छन ।।.. केही बुझ्दिन ।।

"कसैलाई सानो होचो देखाएर आफु ठुलो बन्न खोज्नेहरु को जय होस्" !!

अब एस्तो रहेछ ।।रज बल्लभले रेडियोमा सुनेको कुरा पो शरे गरेको रहेछ भनेर न्युज आउदैन होला नि है !!"
btw, you can listen to the news in the homepage of ujjalo fm and listen to it out yourself.

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |