शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी
कपिलवस्तु, १९ असार । जिल्लाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन् ।
अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सुधा पाण्डेले दुई हजार ६३५ मत प्राप्त गरी विजयी भइन छ भने उनकी निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गरिन् ।
अध्यक्ष पदमा विजयी भएका अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष पदमा बसी जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।
प्रकाशित मिति:
July 03, 2017