एकतीस जिल्लाका सिडियो सरुवा
काठमाडौँ, २६ साउन । गृह मन्त्रालयले बिहीबार ३१ प्रमुख जिल्ला अधिकारी (सिडियाे) काे सरुवा गरेको छ ।
मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो । सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा भएका छन् ।
यसैगरी कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा भएका छन् ।
प्रकाशित मिति:
August 10, 2017