पत्रकार महासंघको पदाधिकारीमा एमाले निकट चौतारी जिरो, आचार्यको प्यानल विजयी
काठमाडौं ६ भदौ
नेपाल पत्रकार महासंघमा एमाले निकट प्रेस चौतारीले हार बेहोरेको छ । ५ भदौमा सम्पन्न मतदानसँगै बिहान सार्वजनिक मतपरिणाममा गोविन्द आचार्य प्यानलले जित हात पारेको छ ।
निर्वाचनमा अघिल्लो कार्यकालमा अध्यक्ष पद सेन्टरलाई दिने भनेर लिखित प्रतिवद्धता गरिए पनि चौतारीले पालना नगरेपछि सेन्टरले युनियन लगायत संगठनसँग गठबन्धन कायम गरेको थियो ।
यसअघि, लगातार निरन्तर महासंघमा नेतृत्व गर्दै आएको चौतारी भने पदाधिकारीमा शुन्य बन्न पुगेको हो ।
मतदानमा प्रेस सेन्टर, प्रेस युनियन, प्रगतिशिल पत्रकार संघ लगायतको गोविन्द आचार्यको प्यानल बनेको थियो । चौतारी, नयाँ शक्ति लगायतको अर्को संगठन बनेको थियो ।
प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले ७३२ मत पाएर विजयी भए । प्रेस चौतारीका तीर्थ कोइरालाले ६२७ मत पाएर दोस्रो स्थानमा रहे। उजिर मगरलाइ ५४ मत खसेको छ।
खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन्। दाहालले सबैभन्दा बढी अन्तरको विजय हाँसिल गरेका छन्।
महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए। लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन्। लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए । केन्द्रिय खुल्ला सदस्य र प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित नतिजा आएको छ ।

प्रकाशित मिति:
August 22, 2017