हेटौँडा, २९ साउन । शनिबार रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरे र सान्नानीटारको पहिरो हटाई यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।
यसैगरी, त्रिभुवन राजपथको बाघझोरा र भैँसेमा रहेको पहिरो हटाई हेटौँडा–फाखेल सडकखण्डको यातयात सेवा पनि आजै साँझबाट सञ्चालन भएको छ ।
यसैगरी, हेटौँडा र वीरगञ्ज सडकखण्डको अमृतगञ्ज नजिक राजमार्गमा गएको पहिरो हटाई यातायात सेवा पनि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, त्रिभुवन राजपथको सिमभञ्ज्याङनजिक ठूलो पहिरो जाँदा अवरुद्ध भएको आज पनि ठूलो ढुंगा फुटाउने काम भइरहेकाले भोलि दिउँसोसम्ममा यातायात सञ्चालन गर्ने तयारी भइरहेको मकवापनुरका प्रजिअ नारायणप्रसाद शर्माले जानकारी दिए ।
पहिरोका कारण हेटौँडा–भीमफेदी सडकखण्डमा पहिरो जाँदा अवरुद्ध हुँदा सो पहिरो हटाई आजै साँझबाट यातायात सञ्चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिए ।
Powered by Blogger.
हेटौँडा–नारायणघाट सडकखण्डमा यातायात सञ्चालन
प्रकाशित मिति:
August 13, 2017