नेपालका परराष्ट्रमन्त्रीलाई भारतकी परराष्ट्रमन्त्रीले भनिन्, 'ढोका खोल्न निर्देशन भएको छ'
काठमाडौँ, २९ साउन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन् ।
आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएकी हुन् ।
नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने जानकारी दिए ।
प्रकाशित मिति:
August 13, 2017