नेकपा माओवादी केन्द्रका सांसदद्धारा राजीनामा
काठमाडौं १५ भदौ
नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । उनले पार्टीको सबै जिम्मेवारीबाट समेत राजीनामा दिएको बताएका छन् ।
माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट सांसद बनेका उनलाई यसअघि जिल्ला पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।
जिल्ला पार्टीले कारबाही गरेको केही समयपछि उनले राजीनामाको घोषणा गरेका हुन् । ‘मैले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी सांसद पदबाट समेत राजीनामा दिएको छु संसद सचिवालय र पार्टीमा बुझाईसकेको छु,’ उनले भने ।
उनले पार्टीले आन्तरिक लोकतन्त्रमाथि धोका दिएको तथा पार्टीले विचार र कार्यनीतिमा उन्नती गर्न नसकेकाले राजीनामा दिएको बताए ।
उनले अब राजनीति र समाजसेवासँगै नयाँ खोज अनुसन्धान विधिको निर्माणमा लाग्ने बताएका छन् । साधन र विधिको विषयमा नयाँ ढंगले खोज र अनुसन्धानात्मक कार्यमा अघि बढ्नेछु, उनले भने ।

प्रकाशित मिति:
August 31, 2017