नेपाल आइडलबाट बिदा भए सागर आले, अब निशान, बुद्ध र प्रतापको फाइनल भिडन्त
काठमाडौं
‘नेपाल आइडल’को फाइनल अर्थात अन्तिम तीनका प्रवेशका लागि भएको प्रतिस्पर्धाबाट सागर आले बाहिरिएका छन् ।
सागर आले अन्तिम चारबाट बाहिरिएसँगै अब कतारमा हुने फाइनलमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दासबिच नेपाल आइडलको उपाधीका लागि प्रतिस्पर्धा हुने भएको छ ।
सेप्टेम्बर २२ मा कतारमा हुने नेपाल आइडलको अन्तिम प्रतिस्पर्धामा पहिलो दोस्रो र तेस्रोका लागि पनि उपहार घोषणा गरिएको छ । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने आयोजकले जनाएको छ ।
टप चारबाट तीनमा जानका लागि भएको भोटको नतिजा बिबादित समेत बन्यो । जजहरुले पावर प्रयोग गरेर एक साताका लागि नो आउट गरे पनि भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन । अघिल्लो साताकै भोटका आधारमा यो साता नतिजा भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
September 08, 2017