नेपाल आइडलमा विरुद्ध परेको मुद्धा खारेज
काठमाडौँ, २३ भदौ ।
नेपाल आइडल विरुद्ध अदालतमा परेको मुद्धा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो ।बुधबार मात्र जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको थियो ।
अदालतमा मुद्धा परेसँगै बिहीबार नै नेपाल आइडल टिमले यो हप्ता भोटिंग नगर्ने र अघिल्लै हप्ताको भोटिंगको आधारमा नतिजा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।
अपडेट
नेपाल आइडलबाट बिदा भए सागर आले, अब निशान, बुद्ध र प्रतापको फाइनल भिडन्त
प्रकाशित मिति:
September 08, 2017