• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » सांसद नभएको व्यक्ति पनि राष्ट्रपति/उपराष्ट्रपति हुन पाउने तर ५० सांसद र १ लाख चाहिने
सांसद नभएको व्यक्ति पनि राष्ट्रपति/उपराष्ट्रपति हुन पाउने तर ५० सांसद र १ लाख चाहिने


  • राष्ट्रपति/उपराष्ट्रपतिको उम्मेदवार बन्न २५ प्रस्तावक, २५ समर्थक अनिवार्य
  • मतदाता नामावलीमा नामावली अनिवार्य र वंशजको नागरिकता हुनैपर्ने
  • १ लाख धरौटी आवश्यक, १० प्रतिशत मत नल्याए जफत हुने

काठमाडौं ३० भदौ

सरकारले राष्ट्रपतिको उम्मेदवार बन्न पचास सांसद अनिवार्य रहने गरी विधेयक व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको छ । 

सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ मा राष्ट्रपतिको उम्मेदवार बन्न पच्चीस जना प्रस्तावक र पच्चीस जना समर्थक हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपतिको उम्मेदवार हुन ५० जना सांसद अनिवार्य भएपनि उम्मेदवार भने स्वतन्त्र व्यक्ति समेत हुन पाउनेछन् । पैंतिश वर्ष उमेर पूरा भएको र कुनै पनि गाउँ वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्नेछ । विधेयकका दफा ११ (क) मा उम्मेदवारका लागि वंशजको आधारमा नेपाली नागरिक हुनुपर्नुे प्रावधान समेत राखिएको छ ।

राष्ट्रपतिको उम्मेदवारले निर्वाचनमा एक लाख धरौटी राख्नेपर्ने छ भने उपराष्ट्रपतिले पचहत्तर हजार राख्नुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ । निर्वाचनमा दश प्रतिशत सदर मत प्राप्त नगरेमा उक्त धरौटी जफत हुने उल्लेख छ ।

राष्ट्रपति÷उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहने छन् ।
राष्ट्रपतिका लागि दुई तहका संसदको कम्तिमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ । विधेयकमा संघीय संसद र प्रदेश सभा सदस्यहरुको बहुमत पाउनुपर्ने उल्लेख छ । तीनजना उम्मेदवार भएर कसैको पनि ५० प्रतिशत मत नपुगेमा बढी मत पाउने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने विधेयकमा उल्लेख छ । दुई उम्मेदवारले बराबर मत पाएमा भने गोलाप्रथाबाट राष्ट्रपति चुनिने व्यवस्था विधेयकमा गरिएको छ । संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधी निर्वाचित भएको मितिले पाँच वर्ष हुने उल्लेख छ । यस्तै, धारा ६९ मा उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधी सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह रहने उल्लेख छ भने धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था कायम गरिएको छ ।

विधेयकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सये ८६ हुने देखिएको छ । प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणनाका आधारमा उक्त कुल मत आउने भएको हो ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ सदस्यीय संघीय संसदका प्रत्येक सदस्यको मत ७९ हुन्छ । सो ७९ मतभारलाई कुल सदस्य संख्या ३३४ सँग गुणन गर्दा आउने योगफल २६ हजार ३८६ रहन्छ । प्रदेश सभा सदस्यको मतभार ४८ र कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार चार सय योगफल हुन आउँछ । यी दुवै योगफल जोडेर आउने ५२ हजार ७ सय ८६ मत नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न निर्वाचन सम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्तिलाई अयोग्य ठहराइएको छ त्यस्तै, भ्रष्टचार, जबरजस्ती करणी, मानव बेचबिखचन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजादारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसाल अन्तिम भएको व्यक्ति समेत उम्मेदवार हुन पाउने छैन ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाह सम्बन्धी कसूरसमा कैदको सजाय पाई त्यस्ताे सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिलाई समेत अयोग्य हुने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: September 15, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |