बुवालाई भारतीय जेल पुर्याउने छोरा बुहारीको एक प्रेम कहानी
काठमाडौं २२ असोज
छोरो अजय यादव र भारतीय नारी ज्योतिसँगको प्रेम सम्बन्धले सिमा रक्षक देवनारायण यादव करिब हप्ता दिनसम्म भारतीय जेलमा बस्न परेको छ ।
उनका छोरा अजय र ज्योतिबिच प्रेम सम्बन्धपछि भागी विवाह गरेपछि भारतीय प्रहरीले अपहरणको मुद्धामा यादव बुवाछोरालाई पक्राउ गरेको थियो । तर एक साताअघि पक्राउ परेका देवनारायण जिल्ला सत्र न्यायालयको आदेशपछि छोरासहित रिहा भएका छन् । छोरा पक्राउ परेपछि छुटाउन पुगेका उनलाई पनि कुनौलीस्थित भारतीय प्रहरीले पक्राउ गरी वीरपुर जेलमा राखेको थियो ।
अपहरणममा परेकी भनिएकी बुहारी ज्योतिले अदालतमा आफूले अजयसँग प्रेम भई राजीखुसी भागी विवाह गरेको र खुसीसाथ जीवनयापन गरिरहेको र अपहरण नगरेको बयान दिएकी थिइन् । त्यसलगत्तै प्रहरीले रिहा गर्न प्रहरी प्रशासनलाई आदेश दिएको थियो ।
प्रकाशित मिति:
October 08, 2017