गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको विकास गर्छ : ओली
दमक, २५ कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि दुई तिहाइको वाम सरकार निर्माण हुने जिकिर गररेका छन् ।
झापाको कमल गाउँपालिकास्थित क्याम्पा बजारमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको बिकास गर्ने बताए ।
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकमा स्थिर वाम सरकार निर्माण हुने उनको भनाइ थियो । मुलुकलाई गलत बाटामा जान नदिनका लागि वाम गठबन्धन गरिएको बताउँदै ओलीले भने, “वाम गठबन्धन सत्ता प्राप्तिको लक्ष्य होइन, राजनीतिक स्थिरता र समृद्धिका लागि हो ।”
पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र र गणतन्त्रका विषयमा आपूmहरूको निष्ठामा शंका नगर्न आग्रह गरे । झापा क्षेत्र नं ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आजै आफ्नो निर्वाचन क्षेत्रका केर्खा, गौरीगञ्ज बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति:
November 11, 2017