माओवादी प्रवक्ताको घरदैलो अभियान सुरु, भन्छिन,- ‘जनसमुदायको अत्यन्त सकरात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु’
ललितपुर २४ कात्तिक
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले चुनावी अभियान अन्तर्गत घरदैलो अभियान सुरु गरेकी छिन् ।
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुर क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका उम्मेदवार भुसालले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेकी हुन् ।
घरदैलो अभियानसँगै उम्मेदवार भुसालले आफू उत्साहित बनेको प्रतिक्रिया दिएकी छिन् । ‘आजबाट निर्वाचन घरदैलो गरेर मत मागियो, ललितपुर महानगरपालिका वडा १ मा जनसमुदायको अत्यन्त सकरात्मक प्रतिक्रिया पाउँदा उत्साहित भएकी छु ।’ उनले भनिन् ।
भुसाल संविधानसभाको पहिलो निर्वाचनमा ललितपुरबाट विजयी बनेकी थिइन् । दोस्रो संविधानसभामा उनी उम्मेदवार बनिन् भने अहिले उनी वाम दल एमाले र माओवादी केन्द्रकी साझा उम्मेदवार हुन् । उनले आफूले जित्ने दाबी गर्दै जितपछि ललितपुरको विकास र समृद्धिका लागि पनि आफ्नो विकल्प नभएको समेत बताइन् ।

प्रकाशित मिति:
November 10, 2017