दुई पूर्व माननियको झगडा, चर्काचर्कीदेखि चर्पी उदघाटन,घडी चोरीकाण्ड सम्मको पोल खोलाखोल
काठमाडौं २४ कात्तिक
'जनताको प्रिय नेता मै हुँ, मैले बाजी मार्छु नि,' कांग्रेस उम्मेदवार रामहरि खतिवडाले भने ।
कार्यक्रम सञ्चालक ऋषि धमला ओखलढुंगाका अर्का उम्मेदवार तथा एमाले नेता यज्ञराज सुनुवारलाई उकास्दै प्रश्न गर्छन्, 'रामहरि खतिवडाले बाजी मार्नुहुने रे, तपाई के गर्नुहुन्छ ?'
सुनुवारले पनि खराे शैलीमा उत्तर दिन्छन्, 'उहाँ मात्र होइन, अहिलेसम्म एमालेले जति फरक अन्तरले जित्दै आएको छ, अर्को पटक रुख चिह्न लिएर कोही पनि उठ्न नसक्ने गरी बाम गठबन्धनले जित्छ ।'
फेरि धमला खतिवडालाई उकास्दै अर्को पटक त रुख चिह्न नै नरहने गरी जित्ने रे नि त भनेर प्रश्न गर्छन् ।
होच्याएको महसुस गरे झैं खतिवडाले पनि बरा, बिचरा जस्ता शब्द उच्चारण गर्दै सुनुवारलाई भोट नै हाल्न नपाउनेले के जित्नु भन्दै होच्याएरै बोल्छन् ।
सुनुवारले खतिवडालाई हार्ने देखेर अत्तालिएको संज्ञा दिँदै पराजित मानसिकता भएको टिप्पणी गर्छन् ।
बहस पेचिलो हुँदैथियो । खतिवडाले सुनुवारले राष्ट्रिय योजना एउटै पनि नल्याएको भनेपछि सुनुवार अझै तात्तिए, त्यसपछि खतिवडाले एउटा ट्वाइलेटको उदघाटन गर्नेले विकास गरे भनेमा जनताले नपत्याउने भनेर झनै होच्याउछन् । अनि सुनुवारलाई बोल्न समेत नदिई एकोहोरो बोलिरहन्छन् ।
धमलाले खतिवडालाइ राेकेपछि सुनुवार बोल्न थाले, खतिवडाले बिच बिचमा कुरा भने काटिरहन्छन् । त्यसपछि दुई नेताबिको बहस झनै तातेर जान्छ । सुनुवारले उहाँ पाइभ स्टारमा (घडी चोरी काण्ड) के के काण्डमा मुसिनु भयाे होला म गाउँमै जनताकाे विकास लागिरहेकाे थिए भनेपछि त कार्यक्रममा चर्काचर्की चल्छ ।
ऋषि धमालाले फोनबाट लिएको उक्त अन्तरवार्ता यहाँ तल सुन्न सक्नुहुनेछ ।

प्रकाशित मिति:
November 09, 2017