• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी
निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

नारायण अधिकारी
चितवन, १८ कात्तिक । निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ ।

सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताए । उनले भने “अहिलेको सडक फराकिलो छ, एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ ।” भित्तो काट्नु पर्ने ठाउँमा भने बीचबीचमा केही समय सवारी रोकेर काम गर्न सकिने उनले बताए ।

आयोजनाले यसअघि झै दैनिक छ घण्टा पूरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलोपालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताए। आउँदो मंगलबार ठेकेदार, परामर्शदाता कम्पनी, आयोजना र स्थानीय प्रशासनका बीचमा छलफल गरी यातायात सञ्चालन गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिने उनले बताए ।

एउटा समयमा मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी सञ्चालन गर्न दिइने र ती सवारी कटेपछि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीलाई छाडिने छ । भित्तो काटिसकेको ठाउँमा सडको चौडा नौदेखि ११ मिटर फराकिलो भएकाले एकातर्फ सवारी गुड्दा पनि काम प्रभावित नहुने स्थानीय प्रशासनको ठम्याइ छ ।

प्रमुख जिल्ला अधिकारी भट्टले निर्वाचनको समय भएकाले निर्वाचन सामग्रीदेखि मतदाता, कर्मचारीको आवतजावतमा कठिनाइ नहोस् भन्नका लागि यो प्रस्ताव गरिएको बताए । यसरी काम प्रभावकारी भएमा निर्वाचनपछि पनि सडक रोक्नुको साटो आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने उनले बताए ।
सडकखण्डको विभिन्न ठाउँमा गरेर करिब ८०० मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको ठेकेदार कम्पनीले बताएका छन् । सडकको नौ किलोमिटर क्षेत्रको एकातर्फ भागमा एक तह कालोपत्रे सकेर दोस्रो तह कालोपत्रे गर्ने काम भइरहेको छ ।

ठेकेदार कम्पनीलाई आगामी फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षात्मा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने आयोजना प्रमुख यादवले बताउनुभयो । उनका अनुसार अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको छ । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ । भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायतका कारण शुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पु¥याइँदैछ ।

यसअघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षात्, निर्वाचनलगायतका समयमा रोकिएको कामको मिति थपिएको थियो ।

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको उहाँले बताउनुभयो । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए। फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको उनले बताए । सडकको नारायणगढबाट १६ किलोमिटरमा ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने खनालले बताए ।

सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षात् अघिसम्म भने काम सकिने बताए । उनले भने “आउँदो वर्षात्मा यो सडकका कारण जनताले दुःख पाउँदैनन् ।”

नारायणगढ मुग्लिन सडकखण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ ।

प्रकाशित मिति: November 04, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |