वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराए : प्रधानमन्त्री
धनगढी, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराएको भन्दै पुनः वामप्रति आक्रोश पोखेका छन् ।
वाम गठबन्धन बनेपछि लगातार रुपमा आरोप लगाउँदै आएका देउवाले पुनः वामप्रति आक्रोश पोखेका हुन् ।
नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा उनले देश डर त्रासबाट मुक्त समाज भइरहेका बेला बनाइएको वाम गठबन्धनबाट डर त्रासको शासन आउने, कम्युनिस्ट अधिनायकवाद र तानाशाही आउँछ कि भनेर जनता डराएको बताएका हुन् ।
विपक्षी नेताहरुले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै देउवाले ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको बताए । “उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको छ ।” उनले भने ।
उनले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल पनि गरे ।

प्रकाशित मिति:
November 16, 2017