अाेली र दाहालले भने, 'कांग्रेसले विप्लवसँग साँठगाँठ गरेर निर्वाचन भाड्न खोज्यो'
काठमाडौं ३० कात्तिक
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार अझै पनि निर्वाचन नगर्न चलखेल गरिरहेको भन्दै विप्लवसँग साँठगाँठ गरेर भएपनि निर्वाचन भाड्नेमा लागेकाे बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार साँझ राजधानीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग साँठगाठ गरेर निर्वाचन भाड्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनका उम्मेदवारलाई छानी छानी बम प्रहार गर्ने, आक्रमण गर्ने भएपनि सरकारले चासो नदिएको भन्दै विप्लवसँग सरकारको साँठगाँठको आशंका गरे । ‘रुकुम, रोल्पा, भोजपुर, संखुवासभामा उम्मेदवारमाथि आक्रमण भईरहेको छ, सरकारको विरोध वक्तव्य देख्दिन, सरकार कानमा तेल हालेर ङिच्च दात देखाएर बसेको छ, के छ यसभित्र लुकेको ? आशंका व्यक्त गर्दै उनले सरकारसँग प्रश्न गरे ।
चुनाव सार्न कसैले ठानेको भए दुर्भाग्यपूर्ण हुने भन्दै ओलीले विप्लवलाई अर्काका निम्ति बम बन्दुक नपड्काउन आग्रह समेत गरे । ओलीले राजाले दिएको संविधान समेत नमानी आएको भन्दै विप्लवले दिएको मान्नुपर्ने भनेर प्रश्न गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले निर्वाचन स्वच्छ शान्तिपूर्ण र भयरहित बनाउने भन्दा पनि नगर्न पाए हुने भनेर अन्यत्रै कार्य गरिरहेको आरोप लगाए । रुकुममा बम हान्ने व्यक्तिलाई कांग्रेसका बहालवाला मन्त्रीले छुटाउन दबाब दिनुले कांग्रेसको विप्लवसँग साँठगाठ देखिएको उनले आशंका गरे । ‘रुकुममा प्रतिनिधिसभा सदस्य कुलबहादुर केसीमाथि आक्रमण भयो, विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ परें तर पछि कांग्रेसका मन्त्रीले नै छुटाउन वक्तव्य दिने काम भयो, त्यसपछि बिनाविभागिय मन्त्री जनार्दन शर्मामाथि आक्रमण भयो, वर्षमान पुनमाथि पनि माइन बिष्फोट गराइयो, भोजपुरमा, संखुवासभामा आक्रमण भयो यसमा सरकारले गम्भीरताका साथ लिनुका सट्टा बरु हतियारसहित पक्राउ गरेकालाई छुटाउन लाग्नुले साठगाठ हो कि भन्ने देखियो ।’ दाहालले पत्रकार सम्मेलनमा भने ।
अगाडी उनले भने, ‘सबै आक्रमण हेर्दा वामबाट आत्तिएर सरकारकै मन्त्रीहरुको साठगाठ त छैन भन्ने प्रश्न उठ्छ, हो भने प्रधानमन्त्रीले रोक्नुपर्छ र कारबाही गर्नुपर्छ ।’
बुढी गण्डकी सम्झौता खारेजको विरोध
वाम गठबन्धनले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेजको प्रति कडा विरोध जनाएका छन् । एमाले र माओवादी केन्द्रले सम्झौता खारेज गरेर कांग्रेसले ठूलो गल्ती गरेको भन्दै यो निर्णयले कांग्रेसलाई राम्रो नहुने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा ओलीले सनकको भरमा चिनियाँ कम्पनीसँगको सम्झौता भंग भएको आरोप लगाए । ‘यो अन्तर्रािष्ट्रय लगानीको प्रश्न हो, सनकको भरमा गर्ने काम होइन,’ ओलीले भने । उनले अहिलेको सरकार काम चलाउ भएकाले दीर्घकालीन प्रभाव पर्ने कुरामा निर्णय नगर्न पनि चेतावनी दिए ।
माओवादी अध्यक्ष दाहालले राष्ट्रिय गौरवको आयोजना रोकेर कांग्रेसले गल्ती गरको बताए । ‘कांग्रेसले अलोकतान्त्रिक गतिविधि बढाउँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना रोकेर नेपाली कांग्रेसले बेठीक निर्णय गरेको छ’, दाहालले भने, ‘यसको प्रतिफल कांग्रेसलाई राम्रो हुँदैन ।’
उनले आफू प्रधानमन्त्री हुँदा कांग्रेससँग सहमति लिएरै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको बताउँदै वामपन्थी सरकारले अगाडि बढाउन बल गरेको आयोजना कांग्रेसले रोकेको भन्दै अब जनताले यसको फैसला गर्ने जनाए ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारले गरेको निर्णय सरकारले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति:
November 16, 2017