संगीतकार तारावीरको नयाँ स्टुडियो उद्घाटन
काठमाडौं – गायक तथा संगीतकार तारावीर पाण्डेले पुतली सडकको धोबिधारमा नयाँ गीत रेकर्डिङ स्टुडियो ‘यमन स्टुडियो’ शुुभारम्भ गरेका छन् । एरेन्जर तथा संगीतकार राजीव शाह र गायक हिमाल सागरले बिहीबार यो स्टुडियोका संयुक्त उद्घाटन गरे ।
विशेष पूजाआजा र एक समारोहबीच स्टुडियोका वरिष्ठ रेकर्डिस्ट उद्घाटनकै दिन सञ्चालनमा आएको स्टुडियोमा एकै दिनमा तीन वटा गीतमा स्वर भरिएको छ ।
कार्यक्रममा संगीतकार बसन्त सापकोटा, योगेश काजी, पत्रकार गीत अधिकारी, राजाराम फुयाललगायतले स्टुडियोका गुणस्तरीय भएको बताउँदै सफलताको कामना गरे ।
पुरानालाई सम्मान तथा नयाँलाई प्रोत्साहन भन्ने मूल नारासहित छिटोछरितो रूपमा गुणस्तरीय गीतसंगीत सिर्जनाका लागि स्टुडियो निर्माण गरेको सञ्चालक तारावीर पाण्डेले बताए ।

प्रकाशित मिति:
November 13, 2017