बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने
बागलुङ, ४ पुस (रासस) । पाँचाैं बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।
संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बागलुङको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै महोत्सव ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाको रुपमा सञ्चालन हुने बताए । यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरेको थियो ।
सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता, स्थानीय उत्पादनसँगै सूचना, प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री कक्ष राखिने छ । चार नं प्रदेशकै पहिचान झल्कने कला, संस्कृति र तस्वीर प्रदर्शनी र प्रतियोगिता पनि राखिने छ ।
महोत्सव हेर्न आउने दर्शकलाई हेलिकप्टरबाट नजिकका पर्यटकीय गन्तव्य घुमाउने योजनासमेत राखिएको संघका द्वितीय उपाध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
प्रकाशित मिति:
December 19, 2017