वाम एकता संयोजन समितिको बैठक बस्दै, अघि बढ्ला त एकताको प्रक्रिया?
गत शुक्रबार माओवादी केन्द्रका अध्यक्षको व्यवस्तताका कारण बस्न नसकेको वाम एकता संयोजन समितिको बैठक आज बस्दैछ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएपछि बैठक बस्ने तयारी छ। बैठकको समय र स्थानबारे यकिन भइसकेको छैन। प्रचण्ड फर्किएपछि नै बैठकको स्थान तय हुनेछ।
प्रदेशसभाको समानुपातिकतर्फ मतपरिणाम आएपछि पहिलोपछि एकता संयोजन समितिको बैठक बस्न लागेको हो। शीर्ष नेता सम्मिलित संयोजन समितिमा पहिलो पटक एकताबारे छलफल हुन लागेको हो।
पार्टी एकताका विषयमा विभिन्न दृष्टिकोणबाट धारणा आइरहेका बेला संयोजन समिति बैठक तय भएको हो। चुनावी मोर्चा बनाएर गएका दुई दल एकीरकरण प्रयासमा छन्। तर, निर्वाचन परिणामपछि एकता कोर्षबारे गहन छलफल भइरहेको छैन।
सरकार गठन र एकताको दुवै प्रक्रिया अवरुद्ध भइरहदा राजनीतिक दलबाटै एकता प्रक्रियामा प्रश्न उठ्न लागेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंमले एमाले आफूहरुलाई बाइपास गरी सरकार गठन प्रक्रियामा लागेको टिप्पणी गरिसकेका छन्।
प्रकाशित मिति:
December 26, 2017