• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Paper News, Political » फोरम र राजपा पनि पार्टी एकताको गृहकार्यमा
फोरम र राजपा पनि पार्टी एकताको गृहकार्यमा

काठमाडौं २८ मंसिर
प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको तयारीमा जुटेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

स्थानीय तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए। यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रस्ट बहुमत प्राप्त भएको छ। प्रत्यक्षतर्फ ६४ सिट रहेको यस प्रदेशमा मधेसी गठबन्धनले ३५ सिट जितेको छ। समानुपातिक निर्वाचनको परिणाम भने आइसकेको छैन। प्रदेश २ को प्रदेशसभा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सदस्यीय हुन्छ।

यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम र राजपाबीच छलफल सुरु भइसकेको छ। यी दुवै दलमध्ये बढी सिट जितेकालाई मुख्यमन्त्री लिने लगभग सहमति भइसकेको राजपाका एक नेताले बताए।

दुवै दलबीच प्रादेशिक सरकार गठन र पार्टी एकताका लागि औपचारिक संवाद सुरु भएको छ। ‘पार्टी एकताका लागि घनिभूत छलफल जरुरी छ,’ राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले भने, ‘अहिले हामी सबै मतदातालाई धन्यवाद दिन घरदैलौमा व्यस्त छौ।’ दुईतीन दिनभित्रै अध्यक्षमण्डलका सबै सदसयसहित फोरम अध्यक्ष उपेन्द्र यादवलगायत पदाधिकारीसँग बसेर पार्टी एकताका लागि छलफल अघि बढाउने तयारी भएको उनले बताए।

प्रकाशित मिति: December 14, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |