ललितपुर कांग्रेसको गोप्य अडियो बाहिरियो- मौन अवधिमा अमात्यले दिए गुठीलाई आर्थिक आश्वासन, जातियता देखाएर मागे भोट (अडियोसहित)
निर्वाचनको एक दिन अघि मात्र मौन अवधिमा आचार संहिता विपरित ललितपुर कांग्रेसले गुठीहरुमा आर्थिक सहयोग गर्ने, जातियताको नारा दिएर भोट माग्ने गरेको प्रमाण फेला परेको छ ।
मंगलबार धापाखेलमा कांग्रेस तीन नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदन अमात्यसहित प्रदेशका उम्मेदवार तथा दुई मेयरले समेत विकासको आश्वासन देखाउने तथा जातियताको नारा दिँदै भोट मागेको, गुठीका सामग्री किनिदिने आश्वासन दिएको लगायत भोट तान्न आचार संहिता विपरित गतिविधि गरेको भेटिएको छ । हेलोखबरलाई प्राप्त उक्त अडियो मंगलबार अर्थात निर्वाचन आचार संहिता लागेपछिको हो ।
धापाखेलमा भोट तान्न आचारसंहिता विपरित कांग्रेसबाट गतिविधि भएको थाहा पाएपछि वाम गठबन्धनका नेता कार्यकर्ता त्यहाँ पुग्दा कांग्रेस नेताहरुको भागाभाग समेत भएको थियो ।
मौन अवधिमा भोट तान्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको गोप्य अडियो रेकर्ड तल सुन्नुहोस्:
प्रकाशित मिति:
December 06, 2017