देश दौडाहा राज्जा रानी टीम
अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘राज्जा रानी’ देशव्यापी प्रचार यात्रा सुरु गरेको छ । पहिलो पटक अभिनेता नाजिर हुसेनसँग पर्दामा जोडी बाधेकी केकी पनि चलचित्र प्रचारका लागि देशव्यापप् पब्लिसिटीमा सहभागी हुने छिन् । पूर्वको बिराटनगरदेखि सुरु हुने अभियान १० दिनपछि पोखरा हुँदै राजधानीमा आइपुगेर टुंगिने बताईएको छ ।
क्याम्पेनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मैथिली संस्करणको ट्रेलर एवं गीत समेत सार्वजनिक गरिएको छ । सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका सिनेमा घरमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्ने भएको छ ।
नेपाली संस्करणसहित उक्त क्षेत्रका दर्शकले पुस २१ मा यो चलचित्र हेर्न पाउँनेछन् । भोर संस्थाका संयोजक राजकुमार महतोले बाल विवाह एवं दाइजो विरुद्धको जागरण अभियानमा चलचित्र रिलिज प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
चलचित्रको कथावस्तु र संस्थाको उद्देश्यमा समानता भएपछि मैथिली भाषामा प्रदर्शन गर्न लागिएको उनको भनाई छ । पूर्वी तराईसहितका नेपालसाग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि चलचित्र देखाइने भएको छ ।
याम थापा निर्देशित चलचित्रमा कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतका कलाकारले पनि मुख्य भूमिकामा रहेर अभिनय गरेका छन् । आईतबार मात्रै चलचित्र यूनिटले चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको २९ औँ जन्मदिन मनाएको थियो । साप्ताहिकबाट
प्रकाशित मिति:
December 18, 2017