• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » अब संसदमा पाँच पार्टी, बाबुराम, प्रेम सिलवाल, राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद
अब संसदमा पाँच पार्टी, बाबुराम, प्रेम सिलवाल, राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद

काठमाडौं १ पुस । आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए ।

प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।

३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।

थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् ।

गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, झापा ३ बाट निर्वाचित राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट निर्वाचित जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।

प्रकाशित मिति: December 16, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |