डा. केसी विषयमा डा. बाबुराम भट्टराई विवादित
काठमाडौं २६ पुस
नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले बुधबार बिहान करिब ७ बजे सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'डा. के सी प्रकरण सामान्य मानहानीको प्रश्न मात्र नभएर राज्यका तीनवटै अंगहरूको पूर्ण लोकतान्त्रीकरणको मुद्दा हो। लामो संघर्ष पछि पनि व्यवस्थापिका र कार्यपालिकाको तुलनामा न्यायपालिकाको रूपान्तरण हुननसकेकै हो।त्यसैले यो संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउनैपर्छ ! संघर्ष जारी राखौं !!'
माथिको स्टाटस लखेको तीन घण्टापछि उनले फेरि अदालतको मानहानी मुद्धामा प्रहरी नियन्त्रणमा रहेका डा. गोविन्द केसीको समर्थनमा अर्को स्टाटस लेखे- 'आज मध्याह्न १२:०० बजे माइतीघर मण्डलमा जाऔं है ! डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाऔं, उहाँको रिहाइका लागि जनदबाब सिर्जना गरौं, लोकतन्त्रको समृद्धीकरणका लागि अदालतलाई साँच्चै न्यायालय बनाउन एकजुट हौं !'
बाबुराम भट्टराई मंगलबार माइतीघरमा आयोजित केसीको रिहाईका लागि आयोजना गरिएको प्रदर्शनमा समेत सहभागी बनेका थिए ।
सर्वोच्च अदालतको मानहानी गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका डा. गोविन्द केसीको रिहाईका लागि सक्रिय भईरहँदा अर्कातर्फ उनको बदमानी समेत तिब्र मात्रामा भईरहेको पाइएको छ ।
सर्वोच्च अदालतले युद्धकालिन मुद्धामा युद्वकालका आफ्नै सहपाठी समेत रहेका तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्दा चुप लागेर बसेको तर यतिबेला भने सडकमा उत्रिएको भन्दै उनको चर्को विरोध भईरहेको पाइएको छ । ढुंगेल पक्राउ पर्दा नबोल्नेले अहिले आएर सडकमा उत्रनु उनको बेइमानी भएको भन्दै विरोध भएको हो ।
यसरी विरोध गर्नेहरुले कतिपयले बाबुराम भट्टराई अहिले सडकमा आउनुलाई अनैतिकताको पराकाष्ठा भएको समेत उल्लेख गरेका छन् । माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा हत्या गरेको आरोपमा ढुंगेल अहिले र्वोच्च अदालतको फैसलामा जेलमा छन् ।
प्रकाशित मिति:
January 10, 2018