• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » हराएको बिमान क्षतविच्छेद भेटियो मृतक १८ जनाकै शव काठमाडौं ल्याइयो
हराएको बिमान क्षतविच्छेद भेटियो मृतक १८ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडौं, ५ फागुन । पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको हराईरहेको ९ एन एबीबी ट्विनअटर जहाज अर्घाखाँचीको ढिकुरा–८ मसिने लेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

जहाज टुक्रा टुक्रा अवस्थामा फेला परेको छ भने जहाजमा सवार चालक दलका ३ सदस्यीयसहित १८ जनाको निधन भएको छ ।

दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको शव नेपाली सेनाको एमआई १७ विमानबाट सोमबार नै काठमाडौं ल्याइएको छ । मृत्यु हुने मध्ये ४ जनाको मात्रै शव पहिचान गर्न सकिने अवस्था थियो भने अन्यको अवस्था क्षतविच्छेदमा भेटिएको थियो ।


काठमाडौंबाट पोखरा हुदै जुम्लाको लागि उडेको नेपाल एयरलाइन्सको उक्त ट्विनअटर जहाज आइतबार दिउ“सो १ बजेर १३ मिनेटदेखि सम्पर्क बिहीन भएको थियो । त्यस लगत्तै आइतबार दिउसोदेखि हराईरहेको जहाज राति अवेरसम्म सुरक्षा फौजले खोजी कार्य जारी राखेपनि भेटिएको थिएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आइतबार दुर्घटना भएको सम्भावित स्थानमा खोजी कार्य गरे पनि सफल हुन सकेन ।

सोमबार बिहान करिब ९ बजे भने नेपाली सेनाको हेलिकप्टरले जहाज मसिना लेकमा फेला पारेको थियो । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो ।
दुर्घटनामा क्षतविच्छेद शवहरुलाई काठमाडौं ल्याउनपूर्व सिम्रिक एयरबाट दुई चरणमा अर्घाखाचीको सन्धीखर्कस्थित नेपाली सेनाको चन्दनाथ गणमा राखिएको थियो । शवहरुलाई पोखरा लाने तयारी गरेपनि मृतकका परिवार र आफन्त काठमाडौंमा रहेकाले शव काठमाडौं नै ल्याइएको हो ।

नेता पत्रकारदेखि चिकित्सक शिक्षक र बालकको पनि मृत्यु

पोखराबाट जुम्लाको लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा नेता, पत्रकार, चिकित्सक, सैनिक अधिकारी, बैंकर, शिक्षक र एक बालकसहित १८ जनाको मृत्यु भएको छ ।

अर्घाखा“चीको मसिनालेकमा दुर्घटनाग्रस्त भएको जहाजमा नेपाली कांग्रेस जुम्लाका सभापति मानव सैजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. विकल्प पोखरेल, कृषि विकास बैंकका प्रबन्धक राजेन्द्र देवकोटा, सेनाको २४ नम्बर बाहिनीका सेनानी दीपक श्रेष्ठको मृत्यु भएको छ ।

उक्त जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य तथा रेडियो नारी आवाजकी अध्यक्ष गौरी कठायत, कालिकाखेतु प्राथमिक उपचार केन्द्रकी नर्स वर्षा हमाल र उनका ४ वर्षीय छोरा योगेश त्यसैगरी चन्दननाथ–६ का शिक्षक टेक महतरा र पत्नी नन्दा, छिनाका शिक्षक कृष्णनाथ योगीको पनि निधन भएको छ ।
यसैगरी, चन्दननाथ–९ मालाभीडका शिक्षक राजी चौलागाईं, २० वर्षिय भान्जा दीपेश शाही, जिल्ला हुलाक कार्यालयकी निमित्त प्रमुख उमा तामाङ र डेनमार्कका नागरिकको पनि निधन भएको छ ।

एयर होस्टेस मुना महर्जन रहेको उक्त जहाज पाइलट शंकर श्रेष्ठ र को–पाइलट रवीन्द्र बन्जाराले चलाएका थिए । उनीहरुको पनि दुर्घटनामा निधन भएको छ ।

प्रकाशित मिति: February 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |