ओली 'प्रधानमन्त्री' बने, प्रचण्ड 'अध्यक्ष' बन्छन् : माओवादी नेता शाही
पौष ३० काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली 'प्रधानमन्त्री' बने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'अध्यक्ष' बन्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै पाँच वर्षे कार्यकालमाथि विश्वास राख्न आग्रह गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”
कार्यक्रममा उनले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउन देशीविदेशी शक्ति लागेको बताएका छन् । शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेतापनि त्यसले पूर्णता नपाउने बताएका छन् ।
प्रकाशित मिति:
January 14, 2018