प्रचण्डकी पत्नी सीता उपचारका लागि दिल्ली पुगिन्
पौष ३० काठमाडौँ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल फलोअप उपचारका लागि दिल्ली गएकी छिन् ।
छोरा प्रकाशको आकस्मिक निधनपछि उनलाई बोल्न र हिड्डुल गर्न समस्या भएको थियो । केही महिना अगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो ।
दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुनेछ।
प्रकाशित मिति:
January 14, 2018