छोरीलाई नगरपालिकाबाटै १० हजारकाे 'बिवाह बिमा'
काठमाडौं । पर्साको एक नगरपालिकाले छोरी जन्मिएमा नगरपालिकाले नै विवाह बिमा गरिदिने भएको छ ।
पोखरिया नगरपालिकाले बालिकाको नाममा १० हजार रुपैंया जम्मा गरी विवाह बिमा गर्ने र कम्तिमा माध्यमिक तह उर्तिणगरी २० वर्ष उमेर पूरा गरेपछि विवाहको समयमा एकमुष्ट भुक्तानी दिने गरी उक्त योजना ल्याएको हो ।
नगरसभाको निर्णय अनुसार नगरपालिकाले आफुले अघि सारेको विवाह बिमा योजनामा सहकार्य गर्न इच्छुक बैंक तथा बिमा कम्पनीलाई आफ्ना योजनासहित १५ दिनभित्र विवरण पेश गर्न आह्वान गरको छ ।
प्रकाशित मिति:
January 20, 2018