'प्याडम्यान'बाट जोगियो ‘‘पद्मावत’’, अक्षयले सारे फिल्मको रिलिज मिति
माघ ६, काठमाडौँ
निर्माण पूर्व नै विवास्पद बनेको फिल्म ‘‘पद्मावत’’लाई सर्वाेच्च अदालतले प्रदर्शनको अनुमति दियो । तर, अभिनेता अक्षय कुमारको निर्माणमा बनेको फिल्म ‘प्याडम्यान' र ‘‘पद्मावत’’को रिलिज मिति एकै दिन परेपछि फेरी तनावमा परे फिल्म निर्माता संजय लीला भंसाली । यद्यपी अक्षय कुमारले ‘प्याडम्यान’को रिलिज मिति फेब्रुअरी ९मा सारेपछि भन्साली तनावमुक्त भएका छन् । २५ जनवरीमा प्रर्दशनमा आउने भएका यी दुवै फिल्मबिच अब भने भिडन्त हुनेछैन ।
भंसालीले भन्छन् ‘अक्षयसँगको मिटिङका क्रममा मैले ‘‘पद्मावत’’ फिल्मले बेहोर्नुपरेको विवादका बारेका अक्षयसामु कुरा राख्दै उनको चलचित्रलाई पछि सार्न अनुरोध गरेँ । मैले यस्तो भनेपछि अक्षयले दुई मिनेटमै आफ्नो चलचित्रको प्रदर्शन मिति सार्न तयार भए । अक्षय प्रति म जीवनभर आभारी रहनेछु । ’अक्षयले भने भंसालीसंग धेरै चलचित्रमा काम गरिसकेको तथा असल मित्र भएको नाताले उनलाई सहयोग गर्नु आवश्यक भएको बताएका छन् ।
उनी भन्छन् -‘मैले संजय लीला भंसालीसँग धेरै चलचित्रमा काम गरिसकेकोछु । उनी मेरा असल मित्र हुन् । उनको आग्रहमा मैले सहयोग गर्नु आवश्यक थियो । किनकी यो समय मलाई भन्दा भंसालीलाई धेरै आवश्यक छ । मलाई थाहा छ उनी अहिले कस्तो अवस्थामा रहेकाछन् । हामी दुवैको चलचित्र एकसाथ प्रदर्शन हुन सक्थे तर अहिलेको स्थितिमा भंसालीलाई २५ जनवरीको मिति धेरै आवश्यक छ ।’
प्रकाशित मिति:
January 20, 2018