डिट्ठा साबका कलाकार किशोर भण्डारीले गरे फिल्म 'चङ्गा'को घोषणा
माघ ४ काठमाडौँ
हास्य टेलिश्रृङ्खला डिट्ठा साबका कलाकार किशोर भण्डारीले फिल्म बनाउने भएका छन्। उनले बुधबार फिल्म 'चङ्ग' निर्माण घोषणा गरेका हुन्।
फिल्मलाई भण्डारी स्वयंमले निर्देशन गर्दैछन्। बुद्धी तामाङको मुख्य भूमिका रहने फिल्ममा अन्य कलाकारहरु कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतको अभिनय रहनेछ। रविन आचार्यले खिच्ने फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेको छ । फ्लोरमा जानु अगाडि नै ‘चङ्गा’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । निर्देशक भण्डारीका अनुसार, यो फिल्म वर्ष २०७५, जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउनेछ । कमेडी जनरामा निर्माण हुने बताइएको फिल्मका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् ।
निर्देशक भण्डारी भन्छन्, ‘चङ्गा’ विशुद्ध नेपाली मनोरञ्जनात्मक फिल्म बन्दैछ । म 'डिट्ठा साब' भएर फिल्म बनाउँदै छैनँ मात्र किशोर भण्डारी भएर बनाउँदैछु ।’ यस्तै, फिल्मका लिड कलाकार राजन खतिवडाले फिल्ममा आफू कठिन मिहिनेत गर्न तयारी अवस्थामा रहेको बताए ।
प्रकाशित मिति:
January 18, 2018