‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’
नुवाकोट, ४ माघ
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशीविदेशी शक्ति सक्रिय भइरहेको विचार व्यक्त गरेका छन् ।
बेलकोटगढी नगरपालिका–९ नलगाउँमा करुणाकर प्राविको २२ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता पाण्डेले ‘वाम गठबन्धनबाट प्रतिष्पर्धी दलमात्र नभई विदेशी शक्ति पनि आत्तिएकाले पार्टी एकतालाई असफल बनाउन सक्रिय भएको’ जिकिर गरे।
पूर्वपरराष्टमन्त्री पाण्डेले जसले जस्तो खेल खेले पनि एमाले र नेकपा९माओवादी केन्द्र०बीच एकता भएरै छाड्ने बताए। “निर्वाचनमा हामी एक भएर मैदानमा गएका थियौंँ, जनताले हाम्रो एकतालाई विश्वास गरी मत दिइसकेका छन्, अब नागरिकसँग पार्टी एक हुने वाचा गर्दै मागेको मतको कदर हुन्छ”, उनले भने।
नेता पाण्डेले अहिलेको आवश्यकता आधुनिक र जीवनोपयोगी शिक्षा भएको बताउँदै युवाको विदेशिने ताँतीलाई रोक्नका लागि आधुनिक र प्राविधिक शिक्षाको खाँचो औँल्याए ।
कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरी उमेर हदको कारण अवकाश लिनुभएका प्रअ राजदेव रायसहित विद्यालयमा विभिन्न योगदान पु¥याउने १४ जनालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरकुमार गजुरेल, नगरपालिकाका उपप्रमुख कविता ढु्ंगानालगातयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति:
January 18, 2018