गजुरेलले खुलाए सम्बन्ध बिच्छेदको कारण
माघ ९ काठमाडौँ
हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमार्फत सम्बन्ध बिच्छेदको कारण स्पष्ट पारेका छन् । उनले श्रीमती मीना ढकालसँगको सम्बन्ध बिच्छेदबारे बोल्दै फरक परिवेश र जिवनशैली नै यसको प्रमुख कारण भएको बताएका हुन् । संचार माध्यममा सम्बन्ध सवच्छेदको विषयमा विभिन्न समाचार आउन थालेपछि उनले दुई दशक लामो सहयात्रालाई समझदारीमा टुंग्याएको स्पष्ट पारेका छन् ।
सहकार्यमानै अगाडि बढ्न खोजेपनि अलग परिवेश र फरक जीवनशैलीको वैवाहिक जीवनको सुरुदेखिनै सामान्य मतभेद रहेको उनी स्विकार्छन ।
यस्तो छ उनको फेसबुक स्टाटस
श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन
मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी मीना ढकाल र मनोज गजुरेल बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।
हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी¬)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।
प्रकाशित मिति:
January 23, 2018