प्रधानन्यायाधिश पराजुलीका यसरी पुगे चार श्रीमती
काठमाडौं २८ पुस
वहालवाला प्रधानन्यायाधीश गोपाल पराजुली अहिले चर्चाको शिखरमा छन् । स्वास्थ्य सुधार सम्बन्धी लामो समयदेखि अभियानमा रहेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले मानहानी कसुरमा पक्राउ समेत गरेपछि पराजुलीको चर्चा शिखरमा पुगेको हो ।
केसीले पराजुलीको शैक्षिक योग्यता, नागरिकता लगायत छानबिनको माग समेत गरेका छन् ।
सामाजिक सञ्जालमा भने प्रधानन्यायाधिशले चार वटी विवाह गरेको भनेर आलोचना भईरहेको छ । पराजुलीले चार श्रीमती विवाह गरेको एउटी श्रीमती हुँदाहुँदै भने नभएकाे पाइएको छ ।
उनले पहिलो विवाह गरेकी श्रीमती पराजुलीको राजनैतिक र सामाजिक स्वभावका कारण घर व्यवहारमा वास्ता नगरेको भनेर असन्तुष्टि जनाउँदै कानूनि रूपमा पराजुलीबाट आफूले पाउनुपर्ने अंश लिएर डिभोर्स गरेको पाइएको छ ।
प्रधानन्यायाधीश पराजुलीले विवाह गरेकी दोस्री श्रीमती २ सन्तान (छोरा) को जन्म दिएपछि बल्ड क्यानसरका कारण ज्यान गुमाउन पुगिन् ।
छोराहरू सानै छँदै उनको निधन भएको थियो । तिनै आफ्ना साना २ सन्तानको रेखदेखका लागि समेत भनेर तेस्रो विवाह गरे पराजुलीले गरे । दुर्भाग्य नै भन्नुपर्छ, उनीसँग पनि पराजुलीले पुरै जिन्दगी बिताउन पाएनन् ।
उनको सडक दुर्घटनामा निधन भयो । जतिवेला पराजुली आँफैले चलाएको गाडी पथलैया नजिकैको जंगलमा दुर्घटना हुँदा जेठा छोरा र श्रीमतीको निधन भएको थियो । पराजुली र उनका अंग रक्षक समेत घाइते भएका थिए ।
हाल श्रीमती प्रधानन्यायाधीश पराजुलीले चौंथो पटक विवाह गरेकी श्रीमती हुन् ।
प्रकाशित मिति:
January 12, 2018