• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
» कार्यदललाई तत्काल काम अगाडी बढाउन ओली र दाहालको निर्देशन
कार्यदललाई तत्काल काम अगाडी बढाउन ओली र दाहालको निर्देशन

पौष २७, काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास  बालकोटमा बसेको एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा  आयोजित वैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् ।

दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए। छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ ।
बैठकमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल र शंकर पोखरेलसँगै माओवादी नेता वर्षामान पुन र रामबहादुर थापा ‘बादल’ सहभागी छन् । बैठकमा कार्यदलका सदस्यद्वय मातृका यादव र सुरेन्द्र पाण्डे उपत्यका बाहिर रहेकाले बैठकमा उपस्थित भएका छैनन् । 

प्रकाशित मिति: January 10, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |