७८ वर्षिय प्रदेश सांसदले २६ वर्षिया सांसद सृजनातिर फर्किदै भने, 'होइन, उनी माथि परिन् म तल !'
बलदेव र सृजना फाेटाे खिचाउँदै । |
काठमाडौं ६ माघ ।
प्रदेशसभातर्फ समानुपातिकका सबैभन्दा जेठा सांसद कांग्रेसका ७८ वर्षीय बलदेब शर्मा पोखरेलले सबैभन्दा कान्छी सांसद २६ वर्षीया भक्तपुरकी सृजना सैयजूतिर हेर्दै भने, होइन, उनी माथि भइन् म तल ।
पोखरेलले त्यसो भन्दा सृजना थोरै मुस्कुराइन् । तर पत्रकार दिर्घाबाट हाँसो फुट्यो ।
पोखरेल कांग्रेसबाट प्रदेश ५ मा निर्वाचित भएका प्रदेशसभामा समानुपातिकतर्फ सबैभन्दा बढी उमेरका सदस्य हुन् भने नेमकिपाका तर्फबाट प्रदेश तीनबाट विजयी भएकी सबैभन्दा कान्छी सृजना सैयजू हुन् ।
निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण कार्यक्रममा दुवै उपस्थित थिए । त्यहाँ प्रमाणपत्र वितरणपछि सृजना सबैभन्दा कान्छी उमेरकी भएकै कारण मिडियाको तारो बनिरहेकी थिइन् ।
त्यसै क्रममा फोटो पत्रकारहरुले सबैभन्दा बढी र कम उमेरका सांसदको फोटो खिचाउन दुवैलाई एक ठाउँ उभ्याए । फोटो लिई सकेपछि एक पत्रकारले भने, 'हाइट त मिल्दो रैछ नि, उत्राउत्रै देखियो ।'
त्यसै बेला पोखरेलले भने, 'होइन, म तल भए उनी माथि भइन् नि त ।'
सृजना पोखरेलसँग थोरै होची भएपनि अखेटामाथि पर्दा सृजना अग्ली देखिएकी थिए ।
केही छिन् रमाइलोपछि सृजना अन्तरवर्ता दिन लागिन् । पोखरेल नि आफ्नै काम तिर व्यस्त बने ।
प्रकाशित मिति:
January 20, 2018