खोटाङकाे विमानस्थल कालोपत्रे गर्न यस्तो सहमति, जेठमा काम सकेर असारमा बुझाईसक्नुपर्ने
खोटाङ १० माघ
खोटाङका सांसद तथा सरोकारवाला निकाय/व्यक्ति र थामखर्क विमास्थल कालोपत्रे निर्माण व्यवसायीबिच समयमै कालो पत्रे सम्पन्न गर्न चार बुँदे सहमति भएको छ ।
सहमति अनुसार अब निर्माण व्यवसायीले २०७५ साल असार ३० भित्र विमानस्थलको काम सम्पन्न गरेर हेन्डओभर गरिसक्नुपर्ने छ ।
यसअघि, कालोपत्रे निर्माण सुस्त भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको उपस्थितिको बसेको बैठकले मिति २०७५ जेठसम्म काम सकेर असारभित्र हेन्ड ओभर गरिसक्ने सहमति गरेको हो ।
हेर्नुहोस् सहमति पत्र
प्रकाशित मिति:
January 24, 2018