जेलभित्रका निर्दोष अमरलाई बचाऊ
यी नै हुन् अमरबहादुर बम ।
संयुक्त अरब
इमिरेट्समा एक जना भारतीय नागरिकको हत्या प्रकरणको आरोपमा पक्राउ परेका दार्चुला,
धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित
सेल्टर जेलमा मृत्युदण्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् ।
बमकी श्रीमती उनलाई मृत्युदण्डको सजाय सुनाएको
खबरले बेहोसमा बहकिइरहेकी छन् ।
नेपाली नागरिक बम निर्दोष भएको भनेर हत्याराले लिखित रूपमै उल्लेख गरेको कुरा यस्तो छ:
पेशाले सवारीचालक
रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै
गर्दा समातिएका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले
लिखितरूपमा जनाएपनि अहिलेसम्म उनले कानुनी उपचारमार्फत् छुट भने पाएका छैनन् ।
यसरी पुगे बम जेलमा
?
बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना
भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई
आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए
।
बमले दिएको जानकारी अनुसार उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्याए ।
उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा आजभन्दा करिव ९ वर्ष अगाडी कर्णबहादुर बमका छोरा र धनमती बमका श्रीमान बमलाई दुबईमा बिना कसुर त्यहाँको प्रहरीले पक्राउ गर्यो ।

यस्तो छ वर्तमान अहिलेको अवस्था !
बमलाई संयुक्त
अरब इमिरेट्स सरकारले मृत्यदण्डको सजाय दिएको खबर सुनेर उनकी आमाको मृत्यु भइसकेको
छ भने अन्य सदस्यले जीवन बचाउन पटक पटक अपिल गरिरहेका छन् ।
तर यो विषयमा भने
सरकार कृटनीतिक तवरबाट सक्रियता देखाउन पछि परेको छ ।
बमका चिन्तित अवस्थामा रहेका परिवारहरु |
बमका बुवा सो खबर
सुनेदेखि नै रोइरहने गरेका छन् । छोराको मृत्यु भएमा आफू पनि नबाँच्ने बताउँछन् ।
यता, उनकी श्रीमती पनि पतिलाई मृत्यदण्ड दिएमा महाकालिमा हाम
फालेर मर्ने गुनासो गर्दै हिडेकी छन् ।
बमका परिवारलाई
मृत्युदण्डको खबर नआउँदासम्म उनी भारतमै थिए भन्ने लागेको थियो तर त्यस्तो दुःखद
खबर आए पछि मात्रै बम संयुक्त अरब इमिरेट्समा रहेको थाहा पाएका हुन् ।
८ वर्ष अगाडी १३
बर्षको उमेरमा विवाह गरी विवाहको एक महिनापछि नै पैसा कमाउन भन्दै श्रीमान भारत
गएका थिए ।
उनी आर्थिक
समस्याकै कारण पैसा कमाउने सोचमा भारत हुँदै संयुक्त अरब इमिरेट्स पुगे पनि अहिले
उनलाई त्यहाँको सरकारले निर्दोष नै भए पनि मृत्युदण्डको
सजाय सुनाएको हो ।
नेपाल सरकारले
कुटनीतिक तवरबाट अलिक गम्भीर भएर पहल कदमी गर्ने हो अमरको ज्यान बाँच्ने छ । तर
आवाज नहुनेहरुको व्यथालाई कसले सुनिदिने भने झै भएको छ ।
अमरबहादुर बमको बारेमा हिमालय टेलिभिजनले तयार पारेको सामग्री तल भिडियोमा हेर्नुहोस
नेपाली नागरिक बम निर्दोष भएको भनेर हत्याराले लिखित रूपमै उल्लेख गरेको कुरा यस्तो छ:
प्रकाशित मिति:
May 08, 2012