सात समुन्द्रपारीबाट दिपिका भन्छिन्- 'म नेपाली हुँ भनेर स्मरण गर'
पछिल्लो समय सडकमा यस्ता किसिमका साम्प्रदायिक नारा लागे कि जसले ती जाति बाहेक अन्य जातिको आङ सिरिङ सिरिङ पारेका थिए । जुन नाराहरुमा सडकमा आएका ती जातजाति बाहेक अरुको यो देश नै होइन । अरु मान्छे नै होइन पशु हो । उनीहरुलाई मारेर रगत चाट्नुपर्छ भन्ने सन्देश बोकिएका थिए ।
संघीयताको विषयमा माओवादीले पार्टीभित्र लामै सयमदेखि नेवा राज्य, ताम्सालिङ राज्य, किरात राज्य यस्तै यस्तै भनेर पार्टी भित्र जातियता कै आधारमा राज्य निर्माण गरी कार्यक्रम सञ्चालन गरे पनि जनतासम्म यो बहस लैजान चुक्यो र अन्तिममा यो बहसलाई संविधान लेखनमा ल्याउन खोजे पछि विवाद उत्पन्न भयो । एक्कासी यो विषय यसरी आएपछि यो विषयमा छलफल र बहस भन्दा पनि बढ्ता राजनीति भयो र सडकसम्म फैलियो ।
फैलिने क्रम यो तरिकाले भयो कि अब यस्तो अवस्थामा जातिय राज्य बनाइएमा देश टुक्रने सम्भावना रहने भयो भन्ने भयो । घटनाक्रम त्यही किसिमले बढ्यो पनि । यो विषय अहिले पनि अन्यौलमा छ । राज्य पुनःसंरचना के र कसरी हुने कुनै टुंगो लागेको छैन । यस्तै अवस्थामा विदेशी भूमि इजरायलमा रहेकी एक नेपाली चेली दिपिका भुसालले देशको मायामा डुबेर शान्ति र संविधान माग्दै देश नटुक्राउन र जातिय सदभाव कायम राख्न अपिल गरेकी छन् ।
संघीयताको विषयमा माओवादीले पार्टीभित्र लामै सयमदेखि नेवा राज्य, ताम्सालिङ राज्य, किरात राज्य यस्तै यस्तै भनेर पार्टी भित्र जातियता कै आधारमा राज्य निर्माण गरी कार्यक्रम सञ्चालन गरे पनि जनतासम्म यो बहस लैजान चुक्यो र अन्तिममा यो बहसलाई संविधान लेखनमा ल्याउन खोजे पछि विवाद उत्पन्न भयो । एक्कासी यो विषय यसरी आएपछि यो विषयमा छलफल र बहस भन्दा पनि बढ्ता राजनीति भयो र सडकसम्म फैलियो ।
फैलिने क्रम यो तरिकाले भयो कि अब यस्तो अवस्थामा जातिय राज्य बनाइएमा देश टुक्रने सम्भावना रहने भयो भन्ने भयो । घटनाक्रम त्यही किसिमले बढ्यो पनि । यो विषय अहिले पनि अन्यौलमा छ । राज्य पुनःसंरचना के र कसरी हुने कुनै टुंगो लागेको छैन । यस्तै अवस्थामा विदेशी भूमि इजरायलमा रहेकी एक नेपाली चेली दिपिका भुसालले देशको मायामा डुबेर शान्ति र संविधान माग्दै देश नटुक्राउन र जातिय सदभाव कायम राख्न अपिल गरेकी छन् ।
पढ्नुहोस इजरायलबाट दिपिका भुसालको अपिल
कति सपना थिए तिम्रो साथमा रमाउने तर ति सबै सपनाहरु सायद सपना नै रहन्छन् होला, देशमा औ.लो गाउँ र पललो गाउक्ँ आआफू आफआफनो रज्य माग्दैछन् रे, दाजु भाई एक आपसमा लड्दै छन् रे ।
म त बिदेशी भुमीमा दुस्ख गरिरहेकी छु, भोलि देशको अवस्था राम्रो होला अनि नेपाल फर्किएर केही गरौंला भने आशामा, तर त्यो सपना टाढाको होला जस्तै लाग्दै छ आज, दिन रात खबर हेर्छु नि मन चिरियर आउछ, देश भाग लाग्दै छ रे, बाउको सम्पत्ति जस्तै गरी विभिन्न जातिमा बिभाजित हुने रे । के भएको होला देशमा, मेरो मितिनी गुरुङ जातिको, मित बुवा मगर, यस्तै यस्तै धेरै नाताहरू जोडिएका छन् हाम्रो परिवारसँग जनजातिहरुको, म बाहुनकी छोरी हु, म सानो हुँदा एउटा गुरुङ जातिको छोरीसँग मितिनी लगाएकी थिएँ, मेरो बाबाको साथीको छोरीसँग, बाबासँग पल्टनमा संगै काम गर्ने मेरो मितिनिको बाबा, मलाई असाध्यै माया गर्नु हुन्थ्यो, कहिल्यै पनि मलाई लागेन म बाहुन जातिकी छोरी हुँ भन्ने, मितिनीको मेरो घर अलिकति दुरीमा नै थियो, तर पनि म धेरैजसो मितिनीसँग नै हुन्थें, कहिले मितिनीको घरमा त कहिले मितिनी मेरो घरमा, बाबाहरू ईन्डियाबाट आउदा हामी दुई जनाको लागि उस्तै उपहार ल्याइदिनु हुन्थ्यो, बाहुन गुरुङको छोरी भए पनि हामी एउटै बाबा आमाको छोरी जस्तै थियौ, असाध्यै माया थियो एक अर्कामा । त्यस्तै धेरै नाता पर्ने जनजाती मान्यजनहरू थिए, जो मलाई धेरै माया गर्नु हुन्थ्यो, म पनि उहाँहरुलाई त्यती नै आदर र सम्मान गर्थें, मलाई अलिकति पनि सन्चो नभएको थाहा पाउनु भएमा आत्तिदै भेट्न आउनु हुन्थ्यो । समकालिन राजनितिक परिवेशले निम्ताएको जतिय असहिष्णुताको आगोले कतै अब त्यस्ता दिनहरु नआउने होकी भन्ने डर लाग्न थालिरहेको छ ।
नेपाली समाजमा सदियौंदेखि कायम रहँदै आएको जातियताको सद्भभाव केही पार्टी वा व्यक्ती विशेषका स्वार्थका कारण यसरी तहस नहस हुने अवस्थामा पुगेको छ की मानौ विरोध र प्रतिरोधको सानो झिल्को कहिं कतै देखिएमा सिंगो देशलाई नै राखमा परिणत गर्नेगरी कहिल्यै ननिभ्ने आगो सरी सल्किने छ । हरेक जाती जातिमा म नेपाली हुँ भन्ने कुराले ठाउँ छाडी म यो जातीको र त्यो जातीको भन्ने विचारले ठाउँ लिन पुगेको छ । दुई ठूला ढुंगाको चेपमा सधैको अभाव र असुरक्षा भावका विच स्वतन्त्र र स्वाभिमानताको ढोल वजाउदै गरेको झोक्रिएको राष्ट्रियता संकटमा परेको कसैलाई वास्ता नै छैन् । मुलुकभित्र अस्थिरता कायम गराई आफ्नो स्वार्थ पुर्ति गर्न लालायित विदेसी विस्तारवादी शक्तीहरु इतिहासदेखि नै हाम्रो राष्ट्रियतालाई सगुरो वनाउन खोजिरहेका छन् । सरकारविहिन अवस्थामा रहेको हाम्रो मुलुकमा कोही छैन त्यसको निम्ती आवाज उठाउने, लड्ने, मेरो देश अनि मेरो स्वाभिमान भन्ने । उल्टो आज नेपाली नागरिकको हैसियतले एकतावद्द भई देश अनुसारको भेष, पहिचान, धर्म, संस्कृति जस्ता अनेकतामा एकता खोजी तिनको संरक्षण गर्दै देशको स्वार्थका वावजुध रगत उत्सर्ग गर्न अगाडि सर्नुपर्ने भाईभाईहरु आज तँ क्षेत्री, म वाहुन तँ राई म लिम्वु भन्दै पाखुरा सुर्किंदै छन् । यसले हरेक देश भक्त स्वाभिमानी नेपालीले आफूलाई स्खलित महसुस गर्न थालेका छन् ।
आज ती मेरी गुरुङ जातीकद्ध मितिनीको परिवारले मलाई दिएको माया झलझली सम्झिन्छु अनि उनी र म विचको आत्मियताबाट प्रेरित भई मेरो वाहुन जातीको परिवारले उनलाई दिएको ममतामयी माया र त्यो आफ्नोपनवाट जोडिएको हाम्रो आत्मियता र सद्भावको नातामा आज हाम्रा दाजुभाई, दिदी बहिनी, बाबाआमाबिचको जातिय विभेदताको बिरोध र प्रतिस्पर्धाले तुषारो लगाउदै छ । कहिल्यै कसैको उपनिवेशमा नरही स्वतन्त्र मुलुकको पवित्र इतिहास बोकेको हाम्रो देश नेपालमा ११८ वटा जातिहरु वसोवास रहेको छ ।
सदियौ देखिनै एकता, सद्भाव र भाइचाराको सम्वन्ध रहँदै आएका नेपालका हरेक जातजातीमा पछिल्लो समयममा पारिवारिक सम्वन्धको विकास हँदै आइरहेको छ । यो क्रमको विकाश सँगै मुलुकमा जातिय र वर्गिय असन्तुलनको अन्त्य भई संसारका विकशित मुलुकहरुमा जस्तै हरेक नागरिकले समान अधिकार पाउने निश्चित हुँदा हुँदै आज कुनै पार्टी वा व्यक्ति विशेषको स्वर्थका खातिर मुलुकलाई जातिय द्वन्दमा फसाउने षड्यन्त्रको सिकार आज हाम्रा आफ्नै दाजुभाई दिदीवहिनीहरु हुन पुग्दै छन् ।
वहु भाषा, वहु जातिहरुको वसोवास रहेको हाम्रो देशमा भाईलाई अस्वभाविक जातियताको दलदलमा लडाएर स्वाथपूर्ण लक्ष्य हासिल गर्न पार्टीगत नेतृत्वपंती लालयित भएको वुझ्न नसकी आज मुलुकलाई एकल जातिय पहिचानको आधारमा राज्यहरु वाँडफाड गर्ने भन्दै हिजो जहाँनिया राणा परिवारको निरंकुश शासन, एकतन्त्रिय शाही राजतन्त्रको पुनरावृत्ती गर्न खोजिएको छ । यसरी एकल जातिय पहिचानको आधारमा संघिय राज्यको नामाकरणको ढोल वजाउदै भोलिका दिनमा मेरी गुरुङ जातिकी मितिनीको घरभएको गुरुङ जातिको राज्यमा म वाहुन जातिकी मितिनी जाँदा त्यहाँको राज्यले किन वाहुनीलाई राज्य प्रवेश गराइस भनेर राज्यवाट निकाला नै गर्नुपर्ने अवस्थाको सृजना हुने गरी वहु जाती, धर्म र वहु सांसकृतिक अनेकता रहेको हाम्रो देशलाई एकल जातिय संघिय प्रदेशमा विभाजित गरिनु त्यस राज्यमा बसोवास गर्ने अन्य जाति माथिको अन्याय हुन सक्छ कि सक्दैन रु त्यो एकल जातिय पहिचानको नारा लगाउने नाराधारीलाई ११८ जाति मध्ये सम्वोधन गर्न नखोजिएका १०७ जातिका नेपालीहरुको प्रश्न हो यो ।
त्यसैले एक पटक म यो जात र तँ त्यो जातको भन्ने विर्सेर म नेपाली भन्ने कुराको स्मरण गर्न यो पंतिकारको हार्दिक अपिल ..!
प्रकाशित मिति:
May 25, 2012