बिएको परीक्षाफल प्रकाशित भएको भन्दै कान्तिपुर र नेपाल एफएमले फुकेपछि....
तपाई मानविकी तथा समाज शास्त्रको विद्यार्थी अत विद्यार्थीको कोही नजिकको व्यक्ति हुनुहुन्छ हो ? अनि हिजो बेलुकी कान्तिपुर एफ एम र नेपाल एफ एमले दिएको बिए तेस्रो वर्षको परीक्षाफल प्रकाशित भयो भन्ने समाचार सुनेर परीक्षाफल बुझ्न आतुर हुनुहुन्छ ? त्यसो भए नहडबराउनुस् ती समाचारहरु सबै झुटा हुन् ।
भनिन्छ नि एउटा डाक्टरको गल्तिले एक जना बिरामीको ज्यान सक्छ भने एउटा पत्रकारको सानो गल्तिले समाजमा ठूला ठूला दुर्घटना घट्न सक्छन् ।
यी र यस्तै सयौँ सिद्धान्तहरु पढेर र बुझेरै पत्रकारहरु यो क्षेत्रमा पाइला टेकेको हुनुपर्छ । तर हिजो देशकै गन्यमान्य भनिे कान्पितुर एफ.एम र नेटवर्कको रुपमा ६७ वटाको नाम लिने नेपाल एफएमले गलत समाचार दिएर विद्यार्थीहरुलाई अन्यौलमा पारे ।
उनीहरुको समाचार बुटेलिनमा परीक्षा नियन्त्रण कार्यालय बल्खुले मानविकी तथा सामाजिक शास्त्र तर्फ गतवर्ष लिएको स्नातक तेस्रो वर्ष को परिक्षाफल प्रकाशित गरेको छ । नतिजा फलानो फलनो वेबसाइटमा हेर्न सकिन्छ त्यस्तै १६०२ मा डायल गरेर पनि नजिता थाहा पाउन सकिन्छ भन्दै समाचार फुकेका थिए ।
त्यो समाचारसँगै बिए तेस्रो वर्षका विद्यार्थी त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडी नतिजा थाहा पाउन झुम्मिएका थिए भने हजारौँ विद्यार्थी अनलाइनमा आएका थिए । उनीहरुले १६०२ मा कति ट्राई गरे कति कहीँ कतै नतिजा पाएनन् ।
त्यसपछि बुझ्दै जाँदा मात्रै कान्तिपुर एफएम र नेपाल एफएमले समाचार नै झुटो दिएको बुझिएको हो ।
कसरी भयो त यस्तो
हिजो त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालले त्रिवि अन्तर्गतको मानविकी तथा समाज शास्त्र तर्फ खरिपाटीको परीक्षाफल प्रकाशित गरेको हो । तर त्यो समाचारमा कान्तिपुर र नेपाल एफएमले बिए तेस्रो वर्षको परीक्षाफल प्रकाशित भन्दै समाचार दिएर विद्यार्थी अन्यौलमा पारेका हुन् । पनिकाले मिडियाहरुमा दिएको फ्याक्स तथा इमेलमा समेत खरिपाटी तर्फको भनेर बकाइदा उल्लेख गरे पनि पत्रकार तथा ती एफएमको कमजोरीले यस्तो हुन गएको हो । यसरी गलत समाचार दिने कान्तिपुर एफएम र नेपाल एफएमले अहिलेसम्म पनि समाचार सच्याएर माफी मागेका छैनन् ।
यही हो हिजो प्रकाशित परीक्षाफल सम्बन्धि सुचना:-

प्रकाशित मिति:
May 24, 2012